तिलाेत्तमा नगरपालिकामै प्रथम स्थान हासिल, विद्यार्थी दीपजल श्रेष्ठले ल्याए ४ जिपिए
पार्बती थारु
२०८१ चैत्र २५ | मध्यान्ह ०८:१२ बजे

तिलोत्तमा । तिलोत्तमा नगरपालिका द्वारा संचालित आधारभूत तह (कक्षा ८) काे परिक्षामा दीपजल श्रेष्ठले ४ जिपिए ल्याउन सफल भएका छन् । रुपन्देहीको तिलाेत्तमा ६ वि पि मार्ग निवासि श्रेष्ठले ले ४ जिपिए का साथ उत्तीर्ण भएका छन् ।
संस्थागत विद्यालय ३३ र सामुदायिक ३० वटा विद्यालयबाट गरि सबै विद्यार्थीहरु ३ हजार दुई सय ३१ जना सहभागी भएकाे आधारभुत तहकाे परिक्षामा विद्यार्थी दीपजल श्रेष्ठले ४ जिपिए का साथ तिलाेत्तमा नगरपालिकामै प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ । उहासगै ४६ जना बिद्यार्थी उत्तीर्ण भएका छन् ।
तिलोत्तमा नगरपालिकाद्वारा संचालित आधारभूत तह उत्तीर्ण (कक्षा ८) , २०८१ को प्रकाशित नतीजा अनुसार उक्त विद्यार्थीहरु उत्कृष्ट अंकका साथ उत्तीर्ण भएका हुन् ।























