मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

हिमाली गाउँपालिकाले शिक्षा मन्त्रीलाई शिक्षकका मागपत्र

उमेश रोकाया
२०८१ चैत्र २५ | मध्यान्ह ०६:१२ बजे

बाजुरा , चैत २५ । बाजुराको पुर्वी क्षेत्रमा रहेकोे हिमाली गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकका माग पूरा गर्न अनुरोध गरेको छ । संघिय शिक्षा ऐन, नेपाल सरकारको हालसम्म जारी नगरेको शिक्षकहरुले उठाउदै आएका समग्र शिक्षा क्षेत्रका जायज मागहरु सम्बोधन हुन सकिरहेका छैनन् ।

यस गाउँपालिका अन्तर्गत सामुदायक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु सम्मिलित उक्त संघिय शिक्षा ऐन जारी गराउनका लागि देशै भरिका शिक्षकहरुबाट चैत महिनाको २० गते देखि काठमान्डौं केन्द्रित अनिश्चित आन्दोलन शुरु गरेको अवस्था छ ।

यो आन्दोलनबाट विद्यालयको नियमिति कामकाज प्रभावित भई गाउँपालिकाको शैक्षिक शत्र २०८२ को भर्ना अभियान शैक्षिक क्यालेण्डर अनुसार संचालन गर्न नसकिने अवस्था सृजना भएको साथै विद्यार्थीहरुको पठन-पाठनमा समेत दिर्घकालिन असर पर्ने भएका छ ।

शिक्षक तथा कर्मचारीहरुले उठाउदै आएका उचित मागहरुमा सर्मथन सहित उक्त जायज मागहरु यथाशिघ्र सम्बोधन गरि आन्दोलनमा सहभागी शिक्षक तथा कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य क्षेत्रमा फर्किने वातावरण सृजना गरिदिन हुन अनुरोध गरिएको छ ।

कमेन्टहरु