मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

धुलाचौर बजार लगायत गाउँमा हप्ता बढी विद्युत अवरुद्ध हुने

उमेश रोकाया
२०८१ चैत्र २४ | मध्यान्ह ०९:१२ बजे

बाजुरा , चैत २४ । जिल्लाको पुर्वी क्षेत्रमा रहेको हिमाली गाउँपालिका – ५ कुवाडीखोला लघु जलविद्युत बैशाख २ गतेसम्म विद्युत अवरुद्ध हुनेभएको छ । विद्युतको १ सय ३५ मिटर नहरको निर्माण कार्य मिति चैत २४ गतेदेखि नयाँ वर्ष बैशाख २ सम्म काम सम्पन्न हुने भएकोले बिजुली बन्द हुने जनाएको छ ।

चैत २४ गतेबाट विद्युतको नहर मर्मत गर्ने सुरु गरिएको छ । अहिले काम सञ्चालन तिव्र रूपमा अगाडि बढाएको छ । विद्युतको नहर भन्दा बाहिरबाट गर्ने सम्पुर्ण काम गरिसकेपछी मात्र नहर भित्रको कार्य गर्नको लागी बैशाख २ गतेसम्म काम सम्पन्न गरिने भएको छ । विधुत सेवा नहर निर्माण कार्य सम्पन्न नहुदा सम्मका लागी बिधुत बन्द हुने हुदा सम्पुर्ण सेवाग्राहीलाई अग्रिम जानकारी गराएको कुवाडीखोला लघु जलविद्युत सहकारी लिमिटेडले जनाएको छ ।

धुलाचौर बजार लगायत हिमाली गाउँपालिका वडा नम्बर ४ र ५ गाउँ बस्तीमा अहिलेसम्म निरन्तर विद्युतको सेवा प्रभावकारी बनाउदै आएको अहिले विद्युतको नहर समस्या बिजुली पहुँचमा पुगेको सबै गाउँ बस्ती लगायत धुलाचौर र कुवाडी बजार सेवाग्राहीहरुमा क्षमा मागेको छ । अबको एक हप्ता पछि बिजुलीको नहर काम सम्पन्न भए लगत्तै पुनः सञ्चालन ल्याउने जनाएको छ ।

कमेन्टहरु