कञ्चनपुरका सिरोमणी ओझा कांग्रेसको विज्ञ सदस्यमा चयन

जगत ठाडा मगर
२०७८ साउन ६ | मध्यान्ह ०६:०४ बजे

कञ्चनपुर । कञ्चनपुरका सिरोमणी कुमार ओझा कांग्रेसको विज्ञ सदस्यमा चयन भएका छन ।
ओझा नेपाली कांग्रेस शुभेच्छुक सस्था समन्वय विभागको केन्द्रीय विज्ञ सदस्यमा चयन भएका हुन।
विभागका प्रमुख कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले उनलाई विज्ञ सदस्यमा नियुक्त गरेको जानकारी दिए ।
ओझाले विभागले दिएको जिम्मेवारी निर्भिकताका साथ पुरा गर्ने बताएका छन्।























