शिक्षा

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस

नवलपुर टुडे
२०८१ चैत्र २४ | मध्यान्ह ०२:१२ बजे

काठमाडौ‌ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् । केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाडौंको माइतीघरमा सिठी जुलुस निकालेका हुन्।उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन्।

teacher%20andolan1नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरूले सरकारले चैत २५ गतेसम्म पनि आफ्ना मागहरू पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।
teacher%20andolanteachers protest 1

 

कमेन्टहरु