देश

नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीले सामाजिक सेवा गर्न असम्भव छ : मुक्ति गैरे

नवलपुर टुडे
२०८१ चैत्र २४ | बिहान ०९:१२ बजे

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष मुक्ति गैरेले एक विज्ञप्ति जारी गर्दै नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीले सामाजिक सेवा गर्न असम्भव रहेको जिकिर गरेका छन् । आज शिक्षकहरुकाे जारी आन्दाेलन प्रति ऐक्यबद्धता जनाउदै यस्तो जिकिर गरेका हुन् । उनलेे भनेका छन् : “समाज रूपान्तरणको संवाहक हो – शिक्षक। आज मुलुकको नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाद्वारा निर्देशिक नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीले समाज रूपान्तरण एवम् राष्ट्र निर्माणको आधारशिला तथा सामाजिक सेवा गर्न असम्भव छ। यसले शिक्षकहरुका हक-हित, अधिकारको ग्यारेन्टी गर्न र आन्दोलनको माग सम्बोधन गर्न पनि सम्भव छैन्।”

जारी गरिएको विज्ञप्ति : “प्रेस वक्तव्य

photo 2025 04 06 09 25 55
समाज रूपान्तरणको संवाहक हो – शिक्षक। आज मुलुकको नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाद्वारा निर्देशिक नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीले समाज रूपान्तरण एवम् राष्ट्र निर्माणको आधारशिला तथा सामाजिक सेवा गर्न असम्भव छ। यसले शिक्षकहरुका हक-हित, अधिकारको ग्यारेन्टी गर्न र आन्दोलनको माग सम्बोधन गर्न पनि सम्भव छैन्। विद्यालय शिक्षा विधेयक संशोधन एवम् शिक्षकहरुका मागहरु पूरा गर्न गौरवशाली संगठन अखिल(क्रान्तिकारी) जोडदार माग गर्दै जारी आन्दोलनप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित !
मुक्ति गैरे
अध्यक्ष
२३/१२/०८१”

कमेन्टहरु