घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुराको बाउली खोलामा एक जना मृत भेटिए


बाजुरा , चैत २३ । जिल्लाको बडिमालिका नगरपालिका ९ बाउली खोलामा मृत अवस्थामा शव भेटिएको छ । तीनदिन देखि सम्पर्क विहिन बनेका बडीमालिका ९ चौराटा बस्ने सूर्य विष्टको शव बाउली खोलामा मृत अवस्थामा भेटिएको हो ।
४२ वर्षका विष्ट तीनदिन देखि सम्पर्क विहिन थिए । फोन समेत अफ गरेर सम्पर्क विहिन बनेका विष्ट जुत्ता र मोबाइल फेला पारेको एक दिन पछि मृत भेटिएका छन् । मोबाइल, जुत्ता नजिकै उनको शव पनि एकदिन पछि भेटिएको प्रहरीले बताएको छ ।
नेपालविद्युत प्राविधिकरणको बाजुरा वितरण केन्द्रको पावर हाउस नजिकै बाउली खोलामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । २ दिन अगाडि मोबाइल ठूली साँगुमा भेटिएको र खुट्टामा लगाएको जुत्ता पावर हाउस नजिक रोडमा र अर्को जुत्ता बाउली खोलाको किनारमा भेटिएको थियो ।
मृतक विष्टको शव पोष्टमार्टमका लागि बाजुरा जिल्ला अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । आफन्तले हत्याको आशंका गरेका छन् । राती मदिरा सेवन गर्ने समूहबीचमै लफडा भएर हत्या गरेको आशंका आफन्तले गरेका छन् । भैसी पालक विष्ट नियमित दुध विक्रीका सदरमुकाम मार्तडी आउने जाने गरेका थिए ।






















