अपराध

रविलाई शनिबार ९ बजे बुद्ध एयरमार्फत भैरहवा ल्याइँदै

नवलपुर टुडे
२०८१ चैत्र २३ | बिहान ०८:१२ बजे

बुटवल । काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शनिबार बिहान ९ बजे बुद्ध एयर मार्फत भैरहवा ल्याइने भएको छ । शुक्रबार बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई गएराति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । 

रवि लामिछानेका सहयोगी अभिनास आचार्यले अहिले ९ बजे बुद्ध एयरबाट भैरहवामा पठाउने जानकारी आएको बताए । रुपन्देहीका एसपी रञ्जित सिह राठौरले आज ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखिने र अदालत खुलेपछि कारागार पठाउने बताए । आज र भाेलि सार्वजनिक विदा छ । त्यस कारणले सोमबारसम्म रवि जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा बस्नुपर्ने छ । 

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सुप्रिम सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश दिएको हो । 

 

कमेन्टहरु