देश

जाजरकोट केन्द्र भएर ५.२ म्याग्निच्युटको भूकम्पको धक्का

नवलपुर टुडे
२०८१ चैत्र २२ | मध्यान्ह ०८:१२ बजे
काठमाडौँ, चैत्र २२। विनाशकारी भूकम्पबाट उठ्न नसकेको जाजरकोटमा फेरि भूकम्पले धक्का दिएको छ। जाजरकोटको पैंक केन्द्र भएर ५.२ म्याग्निच्युटको भूकम्प गएको हो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बेलुका ८ः०७ बजे भूकम्प गएको हो। भूकम्पबाट कुनै क्षति भए नभएको कुनै जानकारी आइसकेको छैन। 

गत वर्ष कार्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट, रुकुम पश्चिममा ठूलो क्षति पुगेको थियो। 

कमेन्टहरु