समाचार

जिप्रका कपिलवस्तुमा क्युआर कोडबाटै उजुरी र गुनासो

नवलपुर टुडे
२०८१ चैत्र २२ | मध्यान्ह ०५:१२ बजे

यी क्युआर कोडमा मानिस हराएको, सवारी साधन हराएको, मोबाइल हराएको, उजुरी निवेदनको ढाँचा, जाहेरी दरखास्तको ढाँचा, सवारी दुर्घटनाको, साइबर अपराधको र गुनासो/सल्लाहका लागि छुट्टाछुट्टै नमुना फारम राखिएको छ। क्युआर कोडमा फारम भरेर देखाइएको छ। जिल्लाका सबै प्रहरी युनिटमा यो सुविधा राखिएपछि निवेदन र उजुरी लेख्न लाग्ने खर्च जोगिने भएको छ। 

पहिले निवेदन लेख्न केही रकम तिर्नुपर्थ्यो, तर ६ महिनायता यो सुविधाले सेवाग्राही र पीडितलाई सजिलो भएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देबी प्रसाद बर्माले बताए। ‘कार्यालयमा समस्या लिएर आउने जोसुकैले क्युआर कोड स्क्यान गरेर निवेदन दिन सक्छन्,’ उनले भने।

1743764845 qr

प्रहरीले क्युआर कोडसँगै सहयोगी प्रहरीको पनि व्यवस्था गरेको छ। प्रविधि जान्नेले क्युआर कोडबाट र नजान्नेले सहयोगी प्रहरीबाट सेवा लिन सक्ने गरी व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताए। 

मंसिरदेखि सुरु भएको यो सेवाबाट १०० भन्दा बढीले लाभ लिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले पनि बिल बुक र लाइसेन्स हराएको निवेदनका लागि क्युआर कोडको व्यवस्था गरेको छ। कार्यालयको गेटमा क्युआर कोड टाँसिएकाले जनतालाई सहज भएको छ।

कमेन्टहरु