देश

कसैलाई छाडिँदैन, कानुन बमोजिम कारबाही हुन्छ : गृहमन्त्री

नवलपुर टुडे
२०८१ चैत्र २२ | मध्यान्ह ०३:१२ बजे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलनका बेला अराजक गतिविधिमा संलग्न कसैलाई पनि नछाडिने बताएका छन् । 

संघीय संसद्को राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आयोजक को हो र घटना कसरी भएको हो भन्ने थाहा पनि थाहा भएको भन्दै दोषीमथि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।  

“आयोजक को हो थाहा छ, उक्साहट कसरी भयो थाहा छ,” उनले भने, “यो नितान्त आपराधिक घटना हो । यसलाई राजनीतिक घटनामा हेरर न्यायिक आयोगको कोणमा पुग्यौँ भने गलत हुन्छ ।”
 
तीनकुने घटनाको निष्पक्षतापूर्वक अनुसन्धान बढेको रअपाधजन्य रूपमा नै लिएर अघि बढेको उनले बताए । 

कमेन्टहरु