देश

तीनकुने घटनामा गृहमन्त्रीसँग जवाफ माग्दै सुशासन समिति

नवलपुर टुडे
२०८१ चैत्र २२ | बिहान ०६:१२ बजे

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा काठमाडौंको तीनकुनेमा यही चैत १५ गतेको घटनाका सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने कार्यसूची रहेको छ । 

चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको थियो । एकजनाको गोली लागेर मृत्यु भएको थियो । अर्का एकजनाको आगजनीमा जलेर मृत्यु भएको थियो । 

केही निजी तथा सार्वजनिक सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो । सोही विषयमा समिति सदस्यहरूले विभागीय मन्त्रीसँग जवाफ माग्न लागेका हुन् । 

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ ।  विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे हुनेछ । 

कमेन्टहरु