कपिलवस्तुमा पनि धुमधामको साथ बकरा ईद मनाउदै


मोहम्मद इरफान मन्सुरी
कपिलवस्तु । जिल्लाका मुस्लिम समुदायले आफ्नो पर्व धुमधामका साथ मनाई रहेका छन् । सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी, चाकरचौडा, महाराजगञ्ज लगायतका स्थानमा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको छ ।
साथै विभिन्न स्थानहरुमा रहेका ईदगाह तथा मास्जिदहरुमा भेला भै सामुहिक नमाज पढेर एक आपसमा अकमाल गरि एकआपसमा जिवनभरि रहेको रिश्भीहरुलाई आजका दिन प्रेममायामा बदलि अकमाल गरि एकआपसमा शुभकामना आदान प्रदान गर्ने गर्दा थिए तर बिगत २ बर्ष देखि कोरोना भाइरस महामारीले गर्दा नमाज पढी बकरा ईद घरमै मनाई रहेका छन ।
खासगरी बकर इर्दमा इदगाहहरुमा भेला भै मुस्लिम समुदायहरुले सामुहिक नमाज पढेर एक आपसमा शुभकामना आदान प्रदान गरि बकर इद मनाउने गर्छन् । तर, गत बर्ष देखिको कोरोना कहरले गर्दा घरमै ईद पर्व मनाउँन मुस्लिम समुदाय पनि बाध्य भएका छन् ।
ईदुल अजहाको नमाज पढी सके पछि मुस्लिमहरु आ–आफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिने गर्दछन् ।
मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सवै भन्दा प्यारो वस्तु कुरवानी मागे पछि नवि इब्राहिम अलि सलामले आफ्नो प्यारो छोरा इस्माईलको वली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईलको ठाउँमा दुम्बा अर्थात भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास रहेको छ ।
नयाँ लुगा लगाई बकरईदको शुभकामना आदान प्रदान साटासाट गरी बकरईदका दिन कपिलवस्तुका मुस्लिमहरुले हिन्दु तथा अन्य धर्मावलम्वीका व्यक्तिहरुलाई आफ्नो घरमा निमन्त्रणा गरी सामुहिक रुपमा सद्भाव र खुशीयालीका साथ यो पर्व मनाउने गर्ने गर्दछन्
आजको दिनलाई मुस्लिमहरु अल्लाहले दुब्बाको कुरवानी लिएर ईस्माइललाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगा एवं पाठी बली दिन्छन । कुरवानीको मासु प्रसादको रुपमा ३ भाग लगाएर पहिलो भाग गरीवहरुको दोस्रो भाग साथीभाईका लागि र तेस्रो भाग परिवारमा राखेर खाने गरिन्छ ।























