अपराध

ब्राउन सुगरसहित एक जना पक्राउ

देवराजा यादव
२०८१ चैत्र २१ | मध्यान्ह ०८:१२ बजे

सुनसरी । सुनसरी जिल्लाको सीमावर्ती कोशी गाउँपालिका वडा नम्बर १ लौकहीबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लौकही स्थित सशस्त्र प्रहरी बल नेपाल बिओपि लौकहीले इनरुवा नगरपालिका वडा नम्बर ९ का ३६ वर्षिय जितेन चौधरीलाई प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

बुधबार सशस्त्र प्रहरी बिओपी कार्यालय लौकहीको मुख्यद्धारमा ड्युटीमा खटिनुभएको सशस्त्र प्रहरी जवान नविन कुमार मण्डलले भारतबाट साईकलमा नेपालतर्फ आउदै गरेका चौधरीलाई शंका लागेर चेकजाँच गर्दा साईकलको हेन्डिल भित्र लुकाई छिपाई राखेको १.५० ग्राम ब्राउन सुगर फेला परेको हो ।

प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर अनुसंधान थालेको छ । चौधरीको साथबाट नेपाली रकम दुई सय सठ्ठी रुपियाँ, मोवाईल एक थान र साईकल एक थान सहित थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल लौकहीको इन्चार्ज नारायण गौतमले बताउनुभयो

कमेन्टहरु