नायकको जस्तो पहिचान बनाउँदै दमकलका चालक राजेन्द्र चौधरी “बच्चा दाई”


कपिलवस्तु । शिवराज नगरपालिकामा विगत ८ बर्ष देखी कार्यरत बरूणयन्त्रका चालक ४० वर्षीय राजेन्द्र कुर्मी पटेल । उहाँको कार्य शैली कुनै नायक भन्दा कम छैन्। सरल, सालिन र नम्र स्वभावका पटेल स्थानीय स्तरमा “बच्चा प्रधान” को रूपमा प्रख्कयात छन्। उहाँ भन्नुहुन्छ “कति बेला कठिन र कठोर कार्यको सुरुवात थाहा नै हुँदैन।आफ्नो कार्य प्रति इमान्दारी पूर्वक २४ शै घण्टा तयारी अवस्थामा रहेर काम गर्नुपर्छ। उहाँको फोनको घण्टी बज्छ र हतारिदै साइरन बजाउँदै घटनस्थलमा पुगी कार्य सम्पन्न गरी फर्किनु वहाँको दिनचर्या भइसकेको छ। कुनै कुनै बेला त भोक भोकै भएर पनि घटनस्थालमा पुग्नु पर्ने अवस्था आएको हुन्छ । अहिले हावा हुरी र आगजनी बढी हुने समय भएकोले निरन्तर तयारी अवस्थामा नै बस्नु हुन्छ ।
आगो लागेको सूचना पाउने बित्तिकै शिवराज नगरपालिका भित्र मात्रै नभएर विजयनगर, कृष्णनगर , महाराजगन्ज , कपिलवस्तु नगरपालिका लगायत आवश्यक परेको बेला जिल्लामा मात्र सीमित नभई छिमेकी दाङ तथा रूपन्देही जिल्लामा समेत जाने गरेका छन् । धेरै ठाउँमा आफूले गरेको कार्य देखेर सीडीओ तथा अधिकृतहरु बाट पुरस्कृत पनि भएका छन्। वास्तवमा हेर्दा न्यूनतम पारिश्रमिक र जोखिम कार्य भए त पनि आफ्नो कार्य बाट सन्तुष्ट रहनु भएका राजेन्द्र पटेल अन्य सामाजिक कार्यमा पनि उतिकै अग्रसर र सक्रिय रहनु हुन्छ । रक्तदान देखि लिएर सामाजिक जनचेतना मुलक र सरसफाई कार्यमा वहाँको उपस्थिति भएकै हुन्छ ।
नम्र सालिन व्यवहारबाट जो कसै लाई पनि प्रभावित पार्न सक्ने पटेल आफूले गरेको मेहनत र कार्यको मूल्यांकन न हुँदा दुःख लाग्ने गरेको गुनासो सुनाए , कतिपय अवस्थामा आफूलाई संचो न भएको बेलामा पनि आगजनी भएको स्थलमा सूचना पाउने बित्तिकै पुगे त पनि स्थानीयहरुले दमकल ढिलो आयो भनेर भन्दै गर्दा मन खिन्न भएको तीतो अनुभव सुनाउनु भयो तर जे जस्तो भए त पनि आफ्नो कार्य प्रति सधैं तत्पर रहने शिवराज नगर पालिकाका मन्द मुस्कानसहितको रियल हिरो हुन राजेन्द्र कुर्मी पटेल (बच्चा दाई ) वहाँको कार्यप्रति शिवराजनगरपालिका र शिवराज बासीले सधैं सम्मान र नमन् गर्दछन् ।























