मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

प्रजनन स्वास्थ्य तथा नसर्ने रोग पहिचान शिविर

उमेश रोकाया
२०८१ चैत्र २० | मध्यान्ह ०४:१२ बजे

बाजुरा , चैत २० । जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा प्रजनन स्वास्थ्य सम्बन्धि नि: शुल्क शिविर तथा नसर्ने रोग पहिचान अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय बाजुराको सहयोगमा धुलाचौर स्वास्थ्य सेवा केन्द्रमा एक दिने शिविर सुरु गरिएको छ । “दिदीबहिनीहरुले आफ्नो रोग नलुकाएर आफ्नो जे भएको त्यसको उपचार गर्न अनुरोध गरेको छ । शिविर संग नसर्ने रोग पहिचान गर्ने अभियान रहेकोे छ । पेसर र सुगुर रोगको जटिल पत्ता लगाएर समय उपचार गरियो भने भविष्यमा ज्यानै जाने रोग उपचार गरि रोगको चेकजाँच गरेर उपचार गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।”

उहाँले बताउनुभयो , “टाढाबाट आउनुभएको दुर्गम दुरदराज रहेका मान्छेलाई सेवा पाउन भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट आएका छौँ ।” सकेसम्म यहाँ उपचार गर्न आउनुभएका महिलालाई उपचार गरिने भएको जिल्ला स्वास्थ्य कार्यालय डा. चन्द्रशेखर यादवले बताउनुभयो ।

उहाँले बताउनुभयो , “हामीले पहिलोपटक हिमाली गाउँपालिका दिदीबहिनी दाजुभाइलाई उपचार लागी टाढा जान नसकिने ठुलो खर्च लाग्ने हुनाले पटकपटक स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौँ । हिजो अस्ति आँखा र अपांग स्वास्थ्य चेकजाँच संगै अपांग व्यक्ति छनोट शिविर सम्पन्न गर्‍यौं , यहाँका महिलाहरूको पाठेघर सम्बन्धि समस्या भएका हुनाले जिल्ला अस्पताल संग समन्वय गरेर मार्तडी, कोल्टी पुग्नु भन्दा पनि धुलाचौरमै एक दिने शिविर गर्दा सरल होला भन्ने हिसाबले गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।”

प्रजनन स्वास्थ्य सम्बन्धि नि: शुल्क शिविर तथा नसर्ने रोग पहिचान अभियान कार्यक्रम अध्यक्षता धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र संयोजक सविना मल्ल प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि जिल्ला स्वास्थ्य कार्यालय डा. चन्द्रशेखर यादव, स्त्रीरोग विशेषज्ञ डा. शुनिल शाह, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी, स्वास्थ्य शाखा प्रमुख गोबिन्द सहकारी सहित बाक्लो उपस्थितिमा शिविर उद्घाटन गरिएको धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र संयोजक सविना मल्लले बताउनुभयो ।

कमेन्टहरु