अपराध

सुनवलबाट मानव बेचबिखन मुद्दाका फरार प्रतिबादी १२ बर्षपछि पक्राउ

नवलपुर टुडे
२०८१ चैत्र २० | मध्यान्ह ०७:१२ बजे

नवलपरासी, चैत्र २० । पश्चिम नवलपरासी प्रहरीले १२ बर्षदेखि मानव बेचबिखन मुद्दाका फरार प्रतिबादी पक्राउ गरेका छन । पक्राउ पर्नेमा सुनवल नगरपालिका- ४ बस्ने बर्ष ४८ को रामु खड्का भन्ने राम बहादुर खड्का क्षेत्री रहेका छन ।

इलाका प्रहरी कार्यालय सुनवलबाट खोज तलास गर्न खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरिएको हो । उनलाई मानव बेचबिखन मुद्दामा जिल्ला अदालत नवलपरासीले २०६९ साल जेठ १६ गतेको फैसलाले १० बर्ष कैद र रु.५००००/-(अक्षरुपी पचास हजार) जरिवाना हुने फैसला सुनाएको थियो । सो फैसला पश्चात खड्का फरार रहदै आएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए ।

उनलाई सम्मानित जिल्ला अदालत परासीबाट तोकिएको कैद तथा जरिवाना बापतको सजाय भुक्तानीका लागि इलाका प्रहरी कार्यलय सुनवलमार्फत अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनका लागि जिल्ला कारागार परासी पठाएको पन्तले बताए ।

कमेन्टहरु