देश

मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

नवलपुर टुडे
२०८१ चैत्र २० | मध्यान्ह ०२:१२ बजे

काठमाडौं। मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको छ। हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहतसहित सेनाको टोली आज त्यसतर्फ प्रस्थान गरेको हो।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना ‘क्रु मेम्बर’सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५ सिएएकए विमानद्वारा म्यानमारतर्फ प्रस्थान गरेको हो।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवम् इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न रहेका छन्। उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्नेछ।

Nepal Army3Nepal Army2Nepal Army

कमेन्टहरु