मंगलबार राति हाजिरी जमानीमा छाडिएका युट्युबर गंगा लामा फेरि पक्राउ


काठमाडौं । व्यक्तिगत र सर्वसाधारण मानिसहरूलाई तनाब दिने गरी सामग्री बनाएर सामाजिक सञ्जाल युट्युबमा राख्दै आएकी युट्युबर गंगा लामा प्रहरीले पक्राउ गरेकी छिन् ।
मंगलबार नेपाल प्रहरीको साईबर व्यूरोले गुड टिभी युट्युब च्यानलकी सञ्चालिका लामालाई पुतलीसडकबाट पक्राउ गरिएको साइबर व्यूरो स्रोतले जनाएको छ ।
व्यूरोको टोलीले लामालाई पुतलीसडकबाट पक्राउ गरेर हिरासतमा राखेको छ । लामाले केहीदिनअघि ‘बुवा र छोरी रंगेहात भेटिएपछि’ भन्ने सामग्री प्रशारण गरेकी थिइन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका–६ घर भएर काठमाडौं बस्ने ३९ वर्षीय गंगा लामा भन्ने गंगा कुमारी तामाङलाई प्रहरीले विद्युतीय अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
लामा निकै विवादित युट्युबर पर्छिन् । गंगा लामा विरुद्ध प्रेस काउन्सिल नेपालमा पनि थुप्रै उजुरीहरू परेका छन् । विशेष गरेर लामाले व्यक्तिगत जीवनलाई आधार बनाएर युट्युब सामग्री बनाउने गर्दै आएकी छिन् । उनले मानिसहरूलाई थर्काएर प्रश्न सोध्ने आरोप छ ।























