लुम्बिनी प्रदेश

सांसद बोहराको पार्थिव शरीर भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्त्येष्टि गरिने

नवलपुर टुडे
२०८१ चैत्र १९ | मध्यान्ह ०६:१२ बजे

बुटवल  । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको पार्थिव शरीर भैरहवा ल्याइएको छ । मंगलबार बिहान काठमाडौँको ओम अस्पतालमा उपचार क्रममा उनको निधन भएको थियो । उनको शव गृहनगर भैरहवामा ल्याई सिद्धार्थनगर नगरपालिका परिक्रमा गरेर अहिले बोहरा निवास राखिएको छ।

श्रद्धाञ्जलीका लागि मंगलबार उनको शव आफ्नै निवास (पार्टी कार्यालय) मा राखिने र भोलि बुधवार बिहान काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । भैरहवामा बोहरा निवास र पार्टी कार्यालय एउटै कम्पाउन्डभित्र छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताका अनुसार अन्त्येष्टिका लागि पार्थिव शरीर पुनः काठमाडौँ लगिने भएको हो । 

कमेन्टहरु