राजनीति

नेकपा एमाले लोकतन्त्रको पक्षमा मोटरसाइकल ¥याली

अशोक यादव
२०८१ चैत्र १८ | मध्यान्ह ०८:१२ बजे

राैतहट । नेकपा एमालेले लोकतन्त्रको पक्षमा प्रदर्शन गर्दै रौतहटमा मोटरसाइकल ¥याली निकालेको छ । शुक्रवार काठमाडौंको तिनकुनेमा भएको घटनाको विरोध गर्दै सोमबार देशभर प्रदर्शनको कार्यक्रम रहेकोमा रौतहटमा पनि व्यापक सहभागिता देखियो ।

जिल्लाको मध्ये क्षेत्र गरुडा बजारबाट सुरु भएको मोटरसाइकल ¥याली गौर नगरपरिक्रमा गर्दै सम्पन्न भएको थियो । एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताको नेतृत्वमा आयोजित यो प्रदर्शन कार्यक्रममा सयौं कार्यकर्ताहरु सहभागी भएका थिए । ¥यालीका क्रममा गणतन्त्र र लोकतन्त्रको रक्षा गर्नुपर्ने सन्देश दिइँदै वर्तमान व्यवस्थालाई अस्थिर बनाउन खोज्ने तत्वहरुलाई खबरदारी गरिएको थियो ।

सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीका झण्डा र प्लेकार्डसहित ‘गणतन्त्र जिन्दावाद’, ‘लोकतन्त्रको रक्षा गरौं’ जस्ता नारा लगाएका थिए । नेकपा एमालेले पछिल्लो समय देशभर नै सडक संघर्षलाई तीव्र बनाइरहेको छ ।

कमेन्टहरु