घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि
अराजक समुहले सञ्चारकर्मीलाई निसाना बनाएको प्रती सरकारलाई प्रशासन मार्फत ध्यानाकर्षण


बाजुरा , चैत १८ । जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल सरकार गृह मन्त्रालय सिंहदरवार काठमाडौलाई तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको सरकारलाई नेपाल पत्रकार महासंघ बाजुराले ध्यानाकर्षण गरिएको छ । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको सरकारलाई अवगतै रहेकोे छ ।
भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतलामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पुयाइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पुयाइएको । हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पुयाइएको । पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको । फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर छ । जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न माग गरेको छ।
उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चार माध्यम र सञ्चारकर्मी माथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुयाइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासंघ जोडदार माग गर्दछ । विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघ माग गर्दछ ।
हाम्रो माग एक साता भित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल सरकार समक्ष आग्रह गरिन्छ। अन्यथा महासंघ सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने तर्फ ध्यानाकर्षण गराएको नेपाल पत्रकार बाजुरा महासंघ सचिव प्रेमबहादुर रौलेले बताउनुभयो ।























