मानवअधिकार, मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
जातीय विभेद तथा छुवाछुत प्रथा कायमै


बाजुरा, चैत १८ । बाजुरामा जातीय विभेद तथा छुवाछुद प्रथा कायमै रहेको छ । यहाँका विभिन्न राजनीतिक दलहरुले बाहिर छुवाछुत प्रथा हटेको भनेपनि भित्रीरुपमा भने कायमै रहँदै आएको छ ।यहाँका विभिन्न गाउँ बस्तीमा जातीय विभेद तथा छुवाछुत प्रथा कायमै रहेकोले दलित समुदायले सास्ती खेप्नु परेको छ ।
जिल्लामा रहेका सार्की विक लुहार नेपाली गन्र्धव बादी लगायतका दलित समुदाय अहिले पनि सार्वजनिक स्थत मठमन्दिरमा समेत पुजापाठ वञ्चित हुँदै आएका छन् । यहाँको त्रिवेणी नगरपालिकामा रहेको बडिमालिकामा मन्दिरमा दलित समुदायले पुजा गर्न पाएपनि अन्य गाउँ बस्तीका कुनै मन्दिरमा भने उनीहरुलाई मल्लो जात अर्थात बाहुन तथा पुजारीहरुले वञ्चित गर्दै आएका छन् ।
त्यति मात्र कहाँ हो यहाँ दलित समुदायका युवायुवतीहरुले मठमन्दिरमा विवाह गर्न जाँदा सदरमुकाम मार्तडीमा रहेको मालिका मन्दिरमा समेत यहाँको पुजारीहरुले उनीहरुको विवाह समेत नगरिदिएको मार्तडी –८ का दलित समुदायका युवा युवती बताउँछन् । जिल्लामा कुप्रथाको रुपमा रहेको जातीय विभेद तथा छुवाछुत प्रथा अन्त्यका लागि यहाँका विभिन्न संस्थाहरुले काम गर्दै आएको भएपनि न्यूनिकरण भने अँझै हुन सकेको छैन् ।
दलित समुदायलाई नीजि तथा सार्वजनिक स्थलमा जातिय विभेद गरेकोले यसको उन्मूलन गर्नका लागि जिल्लाका नौ वटै स्थानीय तहका दलित समुदाय तथा दलित नेटर्वक समेत लागि परेका छन् । लामो समय देखि कुप्रथाको रुपमा रहेको यो जातीय विभेद तथा छुवाछुत प्रथा अन्त्य गर्नुको उल्टो यहाँका अधिकाशं जनप्रतिनिधिबाट नै विभेद हुन थालेपछि उनीहरु यो प्रथालाई हटाउन लागि परेका हुन् ।
यहाँका कतिपय स्थानमा दलित समुदाय माथि विभेद गर्ने, मठमन्दिरमा प्रवेशमा रोक लगाउने जस्ता व्यवहार भइरहेका छन् ।
उसो त गैर दलितले दलितलाई मात्रै विभेद गरेका छैन् । यहाँका दलितहरुले दलित माथि नै चर्को रुपमा जातीय विभेद गर्दै आएका छन् । जातीय विभेद तथा छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङग, अपाङगता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो ।
यहाँका नौ वटै स्थानीय तहमा सार्की, विक, लुहार , नेपाली , चँदारा , गन्धर्भ , सनाई ओड , कुमाल , सुनार , कामी , कडारा , तिरुवा र परी लगायतका विभिन्न दलित जातजाती बसोवास गर्दै आएका छन् । यी जात जातिले पनि एक अर्कोलाई विभेद गर्दै आएका छन् । कामी , लहुार र सार्कीले नेपाली दमाइ वादीहरुको हातको पानी नखाने र नेपालीले गन्दर्भ र भाँडको हातको पानी समेत चलाउँदैनन ।
गैर दलितले दलित र दलितले दलितलाई जातीय विभेद गर्ने गरेकोले उन्मुलनमा निकै चुनौति थपिदै गएको जगनाथ गाउँपालिकाका दलित अगुवा केपी सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ राज्यले कुप्रथालाई अपराधको रुपमा लिएकोले एक जातले अर्को जातीयलाई विभेद गर्नु भनेको कानुनीरुपमा गलत हो ।”
दलित समुदाय मिलेर त्यसको समाधानको बाटो खोज्नुको उल्टै दलितले दलितमाथि विभेद गर्दै गएकोले यसलाई रोक्न समस्या भएको सार्कीले बताउनुभयो ।
बाजुराको हिमाली , जगनाथ , स्वामिकार्तिक , बुढीनन्दा , बडिमालिका , गौमुल बूढीगङ्गा त्रिवेणी र छेडेदह लगायतका गाउँपालिकामा अँझै जातीय विभेद तथा छुवाछुत प्रथा कायमै रहेको छ ।
बाहिर रुपमा जातीय विभेद तथा छुवाछुत प्रथा हटेको भनेपनि आन्तरिकरुपमा बाजुराका विभिन्न गाउँ बस्तीमा कायमै छ ।
नेपालको संविधान २०७२ ले पनि छुवाछुत तथा भेदभाव विरुद्धको हक व्यवस्था गरेको छ ।
कुनै पनि व्यक्तिलाई निजको उत्पति जात जाति समुदाय पेशा व्यवसायवा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थलमा कुनै प्रकारको भेवभाव वा छुवाछुत गर्न नपाइने उल्लेख छ ।
दलित सुमदायमाथी भएको दमन शोषण तथा अन्यायका साथै जातीय विभेद अन्त्य गर्न सरोकारवाला सँग छलफल कार्यक्रम गर्दै आएको त्रिवेणीनगरपालिकामा रहेको त्रिशक्री दलित नेटवर्कका अध्यक्ष बीरबहादुर बिकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ जिल्लामा रहेका विभिन्न राजनीतिक दलका नेता तथा कार्यक्रताहरुले बाहिर मुखले विभेद गरेको छैन भन्ने र भित्रिरुपमा यो प्रथालाई अगाउँल्दै आएका छन् ।”
जसरी बाहिर विभेद छैन् भन्ने गरेको छ , त्यसै गरी आन्तरिकरुपमा पनि यो विभेद हटाउन यहाँका राजनीतिक दल समाजसेवि दलित महिला सबैले आआफ्नो क्षेत्रबाट लाग्नु पर्ने अध्यक्ष बिकले बताउनुभयो ।























