देश

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

नवलपुर टुडे
२०८१ चैत्र १८ | बिहान ०९:१२ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ । हिजो साँझ प्रधानमन्त्रीले गणतन्त्रवादी दलहरुको वैठक आह्वान गरेका थिए ।

प्रधानमन्त्री ओलीले सो वैठकमा पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता, राजावादीहरुले काठमाडौं तीनकुनेमा घटाएको घटना, तोडफोड र आगजनीका विषयमा गणतन्त्रवादी दलका शीर्ष नेताहरुको धारणा बुझेका थिए ।

कमेन्टहरु