त्रिवि क्याम्पस र एमयूमा स्ववियु चुनाव हुँदै

नवलपुर टुडे
२०८१ चैत्र १८ | बिहान ०८:१२ बजे

यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो । पछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि चुनाव गराउने बाटो खुलेको थियो ।
यस्तै सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय मा पनि स्ववियु निर्वाचन हुँदैछ । त्यहाँ पनि बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ । मप विश्वविद्यालयमा पनि यसअघि अदालतमा निवेदन परेपछि केही समयदेखि निर्वाचन रोकिदै आएको थियो ।


















