मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
मुगु र बाजुरा जोड्ने कर्णालीमा पक्की पुल निर्माणकार्य तिव्र


बाजुरा , चैत १६ । मुगु जिल्ला खत्याड गाउँपालिका – ८ झुगला कर्णाली नदीमा पक्की पुल निर्माणकार्य तिव्र रूपमा सञ्चालन भएको छ । बाजुरा जिल्ला हिमाली गाउँपालिका र मुगु जिल्ला खत्याड गाउँपालिका जोड्ने झुगला कर्णाली नदीमा नयाँ पक्की पुल निर्माणधीन कार्य निरन्तर चलिरहेको छ ।
उहाँले बताउनुभयो , ” करिब १५ करोड लागत बराबरको पक्की पुल निर्माणकार्य तिव्र हुँदै गएको छ । पुल निर्माणको म्याद सकिएर पुनः चार महिना थप गरिएको छ । अब चार महिना भित्र पिल निर्माण गर्ने गरि काम भैरहेको छ । पक्की पुल तीन वटा पिलर भएको हो । अहिले हामीले एक वटा पिलर बनाइसकेको छौँ । बिचको पिलरको काम भैरहेको छ । पानी पम्पका कारणले ढिलासुस्ती भएको छ ।” पम्प माथिबाट आउदैछ, उक्त पुल आउदो सालको केही महिना भित्र काम सम्पन्न गरिने भएको कुसेसोर कन्सल्टेन्सी प्रालिका इन्जिनियर विश्व लामाले बताउनुभयो ।
सकियो भने, माथिको सल्याब हाल्ने छौँ । यहाँ अलिकति वर्ष पर्ने बित्तिकै कर्णाली पानीको बाह्य बढ्ने गर्छ । त्यसलाई ध्यान दिनुपर्ने हुन्छ, यसपटक दुइटा पिलर हालेर सकिन्छ । यदि सकिएन भने, आवश्यक सामाग्रीहरु जम्मा गर्ने लक्ष्य रहेकोे छ । पक्की पुल १ सय ५ मिटर लम्बाई रहेकोे ११ मिटर चौडाइ रहेकोे छ । पुलको बिचको स्पान ५२.५० मिटर रहेकोे छ । हामीसँग टिपर, ट्रक, ट्याक्टर र स्काभेटर स्रोतसाधन अभाव केही छैन ।
काम गर्दा जति चाहिने सामान नेपालगन्ज, सुर्खेतबाट ढुवानी गर्नुपर्ने हुन्छ । भनेको बेला सामान आइपुग्दैन, सामान बिचमा अट्किने गरेको छ । यता भएको सामान प्रयोग गर्दै आइरहेको छौँ । आउदो वर्ष असार मसान्तसम्म सम्पन्न हुने काम भैरहेको छ । पुलको क्षमता दुई वटा गाडी आवतजावत गर्ने सक्ने पुलको दुबै तिर मान्छे हिड्ने १.५० मिटरसम्म खालको क्षमतावान रहेकोे छ । पुलको निर्माणको सम्झौता गरेको करिव ३ वर्ष अगाडि भएको हो । यतिखेर पुल निर्माण गरेर गाडी गुडि सक्नुपर्ने हो ।
२०८२ सालको असार महिनासम्म झुगला पक्की पुल निर्माणकार्य सम्पन्न गर्छौं । काम गर्दै जादा आर्थिक पाटो आउन्छ, माथिबाट आउने बजेट १५ करोड भुक्तानी गरिदियो भने पुल निर्माण सम्पन्न हुन्छ । बजेटको आधार पुल निर्माणकार्य तिव्र हुँदै जान्छ । काम जति ढिला भयो, त्यो हामीलाई घाटा हुन्छ । घाटा भएको कारणले काम गर्नुपर्ने हुन्छ ।
निर्माण काम बजेट माथि आइपर्छ । १५ करोड पक्की पुल यसपटक ३ करोड छ, अर्को वर्ष ३ करोड रकम छुट्याइएको छ । ६ करोड पुल भयो भने ९ करोड कहाँबाट ल्याउने त्यसमा पनि ठुलो समस्या छ । हाम्रो लक्ष्य भनेको अर्को साल सम्पन्न गर्ने हो । अरु समस्या खासै अरु केही छैनन् सामान ढुवानी गर्नका लागि चुनौती छ । सामान नेपालगन्ज, कोहलपुर र सुर्खेतबाट ल्याउनुपर्ने हुन्छ । कुल बजेट १५ करोड भएपनि अहिले ३ करोड मात्र आएको छ । समयले साथ दिइयो भने पुल निर्माण काम पुरै सकिने हिसाबले काम गराइरहेका छौँ । सरकारले पनि हाम्रो कामको मुल्यांकन गरेर हामीलाई सहयोग गरिए भने सहज हुने भएको लामाले बताउनुभयो ।
उहाँले बताउनुभयो , ” मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नं.- ८ झुगला नजिकैको कर्णाली नदीमा पक्की पुल निर्माणको चैत महिना म्याद सकिएको हुँदा थप प्रक्रियामा छ । २०७७ सालको ठेक्का हुदा पुलको लागत विवरण थाहा नभएको र पुलको डिजाइन ढिला प्रमाणित भएको हुँदा निर्माणकार्य ढिलाइ भएको हो । अहिले पुल निर्माणकार्य तिव्र रूपमा भैरहेको छ । कनकाइ कुसेसोर कन्ट्रसन कम्पनी द्वारा अहिले २० प्रतिशतमात्रै पुलको काम भएको छ । पुल निर्माणकार्यमा कार्यालय संतोषजनक भएको पुर्वाधार विकास कार्यालय मुगुका सुचना अधिकारी यज्ञराज उपाध्यायले बताउनुभयो ।”























