धर्म–संस्कृति/रीतिथिति

ईद पर्वका अवसरमा आज सार्वजनक बिदा

नवलपुर टुडे
२०८१ चैत्र १८ | बिहान ०६:१२ बजे

काठमाडौँ, चैत १८ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।

 
 

कमेन्टहरु