समाचार

अधिवक्ता स्वागत नेपाल रिहा

नवलपुर टुडे
२०८१ चैत्र १७ | मध्यान्ह ०७:१२ बजे

काठमाडौँ । तीनकुने घटनापछि पक्राउ परेका अधिवक्ता स्वागत नेपाल रिहा भएका छन्। उनलाई अदालतमा उपस्थित नगरेरै रिहा गरिएको हो।

शुक्रबारको राजसंस्था पक्षधरको प्रदर्शनमा नदेखिएको भन्दै उनलाई रिहा गरिएको हो। उनलाई हाजिरी जमानीमा छाडिएको छ। उनी राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन्।

सोही घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई भने म्याद थपका लागि अदालत लगिएको छ।

कमेन्टहरु