देश

ओली निवास बालकोटमा ओली–विप्लवको भेटवार्ता

जगत ठाडा मगर
२०७८ साउन ६ | बिहान ०९:०४ बजे

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

मंगलबार ओली निवास बालकोटमा भएको नेकपाका भेटवार्तामा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार छलफलमा चन्दले यसअघि भएको सहमती अनुसार अगाडि बढ्ने कुरा भएको जानकारी दिएका थिए ।

पछिल्ला केही दिन यता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरण र जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेका छन् ।

नेताहरूसँगको भेटवार्तामा विप्लवले तीन बुँदे सहमतिको कार्यान्वयन तथा अझै हिरासतमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको बारेमा चासो व्यक्त गरेका थिए ।

कमेन्टहरु