समाचार

बुलिङटारको सामुदायिक वनमा लागेको आगलागी नियन्त्रणमा

नवलपुर टुडे
२०८१ चैत्र १६ | मध्यान्ह ०७:१२ बजे

बुलिङटार, चैत्र १६ । नवलपुरको बुलिङटार- ३ धारापानीस्थित सामुदायिक वनमा आगलागी भएको छ । प्रहरी चौकी बुलिङटारबाट प्रहरी हल्दार रेशम लाल थापाको कमाण्डमा ४ जना प्रहरी टोली खटिगई स्थानीय र प्रहरी टोलीले आगो पुर्ण रुपमा नियन्त्रणमा लिईएको छ ।

प्रहरीका अनुसार बस्ती नजिकैको आगो निभाएपछि खोल्सा र वनको विचको भाग तर्फको आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारीले नवलपुरटुडेलाई जानकारी दिएको छ ।

सो आगलागीबाट कुनैपनि मानवीय र धनजनको क्षेती नभएको प्रहरीले बताएको छ ।

 

 

कमेन्टहरु