देश

पत्रकार सुरेश रजकलाई सहीद घोषणा र उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग

नवलपुर टुडे
२०८१ चैत्र १६ | मध्यान्ह ०३:१२ बजे

काठमाडौँ । हिजो तीनकुने हिंसामा परी निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखकसमक्ष तीनवटा माग अघि सारेका छन् । एभिन्युज टीभीको कार्यालय पुगेका गृहमन्त्री लेखकसमक्ष उनीहरुले पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।

पत्रकार सुरेश रजकका भान्जा राजेश रजकले दिएको जानकारीअनुसार गृहमन्त्रीले तीन दिनभित्र सरकारले निर्णय गर्ने आश्वासन दिएका छन् ।

ATV

कमेन्टहरु