दार्चुलामा यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ

जगत ठाडा मगर
२०७८ साउन ६ | बिहान ०९:०४ बजे

दार्चुला । दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। उनलाई नेपाल भारत जोड्ने झोलुंगे पूलबाट पक्राउ गरेको हो ।
पिथौरागढको धारचुला ग्राम पाङ्गलाका २३ वर्षीय गणेशसिह विष्ट ९० ग्राम यार्सागुम्बासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ।
प्रहरीले उनलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको र वन कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।























