उपराष्ट्रपति पुनद्वारा बकर इदको शुभकामना

जगत ठाडा मगर
२०७८ साउन ६ | बिहान ०८:०४ बजे

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक भएको स्मरण गर्दै उपराष्ट्रपति पुनले सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
उपराष्ट्रपतिले विभिन्न समुदायका चाडबाड, रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको उनको भनाइ छ ।























