देश

राष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदको सुभकामना दिदै, विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउने बताइन्

जगत ठाडा मगर
२०७८ साउन ६ | बिहान ०८:०४ बजे
bidhya devi bhandari

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ प्रगाढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

आज मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले एकापसमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाउने अभिव्यक्ति दिएकी छिन् ।

यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने उल्लेख गरेकी छन् ।

भण्डारीले भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएको र विश्वव्यापी महामारी कोभिड-१९ को सङ्क्रमणको अवस्था अझै साम्य नरहेकाले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डका साथै निषेधाज्ञाका नियमको पालना गरि सावधानीका साथ यो पर्व मनाउन आग्रहसमेत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना प्रकट गरिन् ।

कमेन्टहरु