मुख्य समाचार, समाचार, साहित्य, सुदुरपश्चिम प्रदेश
कुण्डा क्षेत्र ईलाका प्रशासन स्थापना लागि नागरिक सेवा बाजुराले संघीय प्रशासन मन्त्रालयलाई ज्ञापन पत्र


बाजुरा , चैत १४ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने कुण्डा क्षेत्र ईलाका प्रशासन कार्यालय स्थापना गर्नका लागि नागरिक सेवा सरोकार मञ्च बाजुराले संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाण्डौंलाई ज्ञापन पत्र बुझाएका छन । बाजुरा जिल्ला मानव विकास सुचाङकका हिसाबले ७७ औं स्थानमा पर्दछ । भौगोलिक रुपमा यो जिल्ला साविक १६ वटा गाउँ विकास समिति हाल ५ ओटा स्थानीय तह रहेको मार्तडी जिल्ला सदरमुकामबाट राज्यले प्रवाह गर्ने प्रशासनीक सेवाहरु दिदै आई राखेको छ ।
कुण्डा क्षेत्रमा पर्ने साविक ११ गाउविकास समितिहरु हाल ४ ओटा स्थानीय तहहरूका नागरहरुलाई मालपोत र नागरिकता लगाएतका कामहरुका लागि सदरमुकाम मार्तडी जान र वर्षातको समयमा ४ देखि ६ दिन लाग्ने गरेको छ । १० हजार देखि १५ हजार सम्म खर्च जुटाउनु पर्ने बाध्यताले कुण्डा क्षेत्रका क्यौ विपन्न परिवारका जेष्ठ नागरिकहरु नेपाल सरकारबाट पाउने सामाजिक सुरक्षा लगाएतका सेवाबाट बन्चित हुनुपरेको अवस्था रहेकोे नागरिक सेवा सरोकार मञ्च बाजुरा अध्यक्ष जनेश भण्डारी बताउनुभयो ।
कुण्डा क्षेत्रका ४ ओटै स्थानीय सरकारहरुले ईलाका प्रशासन कार्यालय मागका लागि आवश्यक निर्णय लेखी जिल्ला हुँदै सूदुरपश्चिम पर्देशबाट संघीय सरकार समक्ष पेश गरेको महिनौं भईसक्दा पनि बजेट र जनशक्तिको अभाव देखाउदै अर्थ मन्त्रालयमा कुण्डा क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाको फायल कएको हुनाले यथासक्य रुपमा आवश्यक पहलका लागि माग गरिएको छ ।
आगामी आ.व. ०८१/०८२ को श्रावण महिनाबाट सेवा सुचारु हुने गरी कण्डा क्षेत्रको उपयुक्त पायक पर्ने ठाउंमा ईलाका प्रशासन कार्यालय स्थापना गरियोस भन्नाका लागि हामी कुण्डावासी नागरिकहरुको तर्फबाट एकल अत्यावश्यक सार्वजनीक सरोकारको विषयको सम्बोधनका लागि ज्ञापन पेश संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाण्डौंमा माग राखिएको नागरिक सेवा सरोकार मञ्च बाजुराले जनाएको छ ।























