सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो

नवलपुर टुडे
२०८१ चैत्र १४ | मध्यान्ह १२:१२ बजे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेर दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।























