सिरहाको धनगढीमाईमा मापदण्ड बिपरित निर्माण, स्थानीयलाई वडा अध्यक्षले उल्टै धम्की

जगत ठाडा मगर
२०७८ साउन ६ | बिहान ०८:०४ बजे

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाकाे सडक मापदण्ड विपरीत निर्माण भएपछि स्थानिय आक्रोशित भएका छन ।
सिरहाको धनगढी माई १० मा निर्माणधिन सडक खण्डमा ६ इन्च मोटाइको ईस्टीमेट लेखाईमा भएपनि निर्माणको जबाफदेही बोकेका वडा कार्यालयले मात्र २.५० इन्च कालोपत्रे गरेको पाइएको छ
स्थानियले थाह पाएपछि गुनासो गर्दा स्थानीयलाई वडा अध्यक्ष विन्देश्वर यादवले सडकमै थर्काएको छ । सार्वजनिक पद धारण गरेको जो कोही व्यक्तिलाई सार्वजनिक सरोकारको विषयमा सचेत गराउने अधिकार जनताको रहेको र अाम सरोकारको विषयमा सूचना पाउने र माग्ने अधिकार भएतापनि वडा अध्यक्षले स्थानीयलाई थर्काउने कार्य कानुन विपरीत भएको छ ।
उक्त निर्माण सडकको बिषयमा स्थानिय सरोकारवालाहरुले ध्यान केन्द्रित हुन जरुरी देखिन्छ ।























