सभामुख घिमिरे शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा

नवलपुर टुडे
२०८१ चैत्र १४ | मध्यान्ह १२:१२ बजे

काठमाडौं, चैत १४ । सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । प्रतिनिधिसभाको बैठकको अगाडि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । छलफल बानेश्वरमा जारी छ ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले संसद्मा जवाफ नदिएसम्म बैठक चल्न नदिने विपक्षी दलहरूको अडान छ ।
बुधबार विपक्षी दलकै अवरोधका कारण बैठक चल्न सकेको थिएन । फाइल तस्बिर























