रकम उठाउनमा तल्लिन रहेका प्रहरी नायब निरीक्षक यादव सहित ११ जना करावाहीमा तानिए


बारा, ५ श्रावण / बाराको प्रहरी चौकी पथलैयामा गएको एक महिना नबितिदै प्रहरी नायब निरीक्षक श्यामबाबु यादव सहित ११ जना कारवाहीमा तानिएका छन । प्रहरी चौकी पथलैयामा श्यामबाबु यादव जानसाथ चान्दा आतन्क मचाएका कारण जिल्ला प्रहरी कार्यालय बाराले कारवाहीको लागि तानिएको हो ।
एक महिना अगाडी इलाका प्रहरी कार्यालय प्रसौनीमा कार्यरत रहेका प्रहरी नायब निरीक्षक श्यामबाबु यादवको चान्दा आतन्क बढनसाथ जिल्ला प्रहरी कार्यालयले झिकाएको थियो तर आफ्नो पावर र सताको प्रयोग गर्दै पुन: प्रहरी चौकी पथलैयाको कमान्ड सम्भालन सफल भएका यादव एक महिना नबितिदै दोश्रो पटक कारवाहीको निम्ति तानिएका हुन । आर्थिक कलेक्सनका कारण पटक पटक बिबादमा पर्दै आएका प्रहरी नायब निरीक्षक श्यामबाबु यादवको आतन्कको बिषयमा पथलैयाका स्थानीयहरूले जानकारी गराएका थिए ।
प्रहरी चौकी पथलैयाका ईन्चार्ज श्यामबाबु यादवसहित कार्यरत सबै ११ प्रहरीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । उहाले ११ जनालाइ झिकाएर, ११ जना नया प्रहरी पठाइएको बताउनु भयो । निषेधाज्ञालाई रकमम असुल्ने अवसरको रुपमा प्रयोग गर्दै आएक पथलैयास्थित प्रहरी चौकी र प्रदेश ट्राफिक कार्यालयमाथि कारबाही सुरु भएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो । प्रदेश ट्राफिक कार्यालय पथलैयामा केन्द्रीय प्रहरी विभागका टोलीले अनुसन्धान तथा आवश्यक विभागीय कारबाही गर्ने र तानिएका ११ जना माथी आफुहरू कारवाही गरिने बताउनु भयो ।
निषेधाज्ञाको समयमा पासविना गुडेका सार्वजनिक यात्रुबससँग दुवै चेकपोस्टले दुई हजार रुपैयाँसम्म लिने गरेका थिए । दुवै चेक पोस्टमा चर्को शुल्क लिएपछि त्यसको भुक्तानी यातायात व्यवायीले सर्वसाधारणबाटै असुल्दा यात्रुले चर्को भाडादरमा यात्रा गर्नुपरेको थियो । नेपाल प्रहरी र ट्राफिक प्रहरीको सन्युक्त मिलोमतोमा सवारी साधनका साथ साथै स्थानीय पसलेहरू सङ्ग समेत रकम उठाउने कारणले कारवाही गरिन थालिएको बताइन्छ ।























