देश

जसपा पश्चिम नवलपरासीमा फेरि धरेन्द्र यादवलाई अध्यक्ष बनाएपछि, मुकुरजी गिरी समूहद्धारा आपत्ती

नवलपुर टुडे
२०७८ साउन ५ | मध्यान्ह ०८:०४ बजे

नवलपरासी /साउन ५ । जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश समायोजन कार्यदलले जसपा पश्चिम नवलपरासीको अध्यक्षमा धरेन्द्र यादवलाई चयन गरेपछि विवाद सृजना भएको छ । कार्यदल संयोजक गोविन्द चौधरी लगाएतको उपस्थितिमा बसेको अनौपचारिक बैठकले यादवलाई जिल्ला अध्यक्ष तोकेको हो ।

२५ सदस्यीय पुनसंयोजन गरीएको जिल्ला समितिमा वरिष्ठ नेतामा हरि नारायण चौधरी, वरिष्ठ उपाध्यक्ष रोहित साहानी, उपाध्यक्षमा गोबिन्द पटेल, रबिन्द्र यादव र शेष नारायण साहानी, सचिवमा यम बहादुर थापा मगर, सह–सचिवमा अनिरुद्र गौड, चन्द्र भुषण पाठक, जोग कुमारी चौधरी, महेन्द्र गुप्ता, कोषाध्यक्षमा राधेश्याम गौण, सदस्यहरुमा अमिरउल्लाह मिया लगायतका सदस्यहरु रहनुभएकाे छ ।

यसअघि जसपाकै केन्द्रिय नेतृत्वले साविक समाजवादि पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाको समायोजन गर्दै मुकुरजी गिरीलाई जिल्ला अध्यक्ष बनाएको थियो । त्यस्को विरोधमा विजय अग्रहरी लगाएतकाे समुहले असहमति जनाउँदै समानान्तर कमिटिनै गठन गरेकाे थियाृ । अहिले फेरि प्रदेश समितिले धरेन्द्र यादवलाई अध्यक्ष बनाएपछि मुकुरजी गिरी पक्षले आपत्ति जनाउँदै जनतामा भ्रम छर्ने काम गरेको जसपा पश्चिम नवलपरासीले जनाएको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गरी गिरीले यादवको नेतृत्वमा नयाँ समिति बनेको प्रति गम्भिर ध्यानआर्कषण भएको बताउँनु भयाे । कार्यकर्ताहरुलाई झुठा, भ्रामक प्रचारप्रसारमा विश्वास नगर्न आग्रह गर्नु भएको छ ।

जसपा केन्द्रमा दुई खेमा मा देखिएपछि त्यसको असर जिल्लामा यस अगाडी नै देखिएको थियो । अहिले फेरि धरेन्द्र यादवलाई अध्यक्ष बनाएपछि जसपा भित्रको विवाद फिचलो बन्दै गएको छ । जिल्लामा जसपाको कुन आधिकारीक कमिटि हो भन्नेमा अन्यौल देखिएको छ ।

कमेन्टहरु