इटहरी सेन्टर प्लाजा आगलागी अपडेटः ११ जनाको उद्धार
दिप्शन गुरुङ
२०८१ चैत्र १३ | मध्यान्ह ०१:१२ बजे

इटहरी (सुनसरी), चैत १३ । इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।


















