घटना

मोरङको केराबारीमा आगलागी हुँदा ७ लाखको क्षति

नवलपुर टुडे
२०८१ चैत्र १३ | बिहान ०८:१२ बजे
मोरङ, चैत्र  १३। मोरङको केराबारी गाउँपालिका–९ मा मंगलबार साँझ एक घरमा आगलागी भएको छ। केराबारी–९ का रामबहादुर गुरुङको घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ।

इँटाको गाह्रो र टिनको छानो भएको १ तले घरमा खोले पकाउने क्रममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ। विभिन्न स्थानबाट पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

आगोले घरसहित भित्र रहेका काठपात, लत्ताकपडा, अन्नपातलगायत सबै सामान जलेर नष्ट हुँदा करिब ७ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घटनामा मानवीय तथा चौपाया क्षति भएको छैन भने घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

कमेन्टहरु