देश

कांग्रेस, माओवादी र रास्वपा कुलमान बर्खास्तीको विरोधमा

नवलपुर टुडे
२०८१ चैत्र १२ | बिहान ०६:१२ बजे

काठमाडौँ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति नेपाली कांग्रेस, माओवादी र रास्वपाले चर्को स्वरमा विरोध गरेको छ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको निर्णयमा कांग्रेसको विमति रहेको बताएका छन्। उता अर्का महामन्त्री गगन थापाले स्वार्थको रोटी सेक्न उद्यत तप्का सल्बलाइरहेको बेला सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हालेको उल्लेख गर्दै कुलमान बर्खास्तीको विरोध गरेका छन्।

गगनले फेसबुकमा लेखेका छन्- आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोध न गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डिपी अर्यालले पनि कुलमान बर्खास्तीको विरोध गरेका छन्। रास्वपाका सभापति रवि लामिछानेले कुलमान बर्खास्तीको संकेतात्मक विरोध गर्दै फेसबुकमा लेखेका छन्-  कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न्!!

उनले बत्ती निभाएर मैनबत्ती बालेर कुलमान बर्खास्तीको विरोध गरेका हुन्।  माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि कुलमान बर्खास्तीको निर्णयको निन्दा गरेका छन्।

कमेन्टहरु