तस्कर

चोरीपैठारी नियन्त्रण गर्न कार्यदल गठन

देवराजा यादव
२०८१ चैत्र १२ | बिहान ०६:१२ बजे

भणटावारी । सुनसरीको भणटावारीमा रहेको क्वारेन्टाइन चेक पोस्टले अवैध रूपमा भारतबाट हुने चोरीपैठारी नियन्त्रण गर्न कार्यदल गठन गरेको छ । नेपाल भारत बीच रहेको खुला सिमानाको फाइदा उठाउदै तस्करहरुले गर्दै आएको पशुजन्य पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न सोमबार क्वारेन्टाइन चेक पोस्ट भणटावारीका प्रमुख अरबिन्द्र राजवंशीको अध्यक्षतामा सात सदस्यीय कार्यदल गठन गरेको हो ।

सो कार्यदलमा कोशी ८ का वडाध्यक्ष बलराम क्षेत्री, प्रस्तावित सीमा सुरक्षा गुल्म भणटावारीका प्रमुख डिएसपी केदारजंग थापा, ईलाका प्रहरी कार्यालय, सुनसरी भन्सार कार्यालय, ट्राफिक प्रहरी पोस्ट भणटावारीका प्रमुख र पत्रकार सदस्य रहने गरी कार्यदल गठन गरिएको हो । कार्यदलको निगरानीले मात्र पशुजन्य पदार्थको तस्करी नरोकिने भन्दै सो कार्यदल का अध्यक्ष तथा क्वारेन्टाइन कार्यालय बिराटनगरका प्रमुख डा. बिदुर गौतमले कुनै पनि पशुजन्य पदार्थको अवैध रूपमा चोरीपैठारी भएको पाइएमा जानकारी दिएर सहयोग गर्न सबैलाई आग्रह गरेका छन ।

कमेन्टहरु