सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

नवलपुर टुडे
२०८१ चैत्र ११ | मध्यान्ह ०७:१२ बजे

काठमाडौं । मन्त्रिपरिषद्को बैठक केही बेरदेखि बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो।\
मन्त्रिपरिषद् बैठकले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी आयोगका पदाधिकारी सिफारिस गर्न छनोट समिति गठन गर्ने सम्भावना छ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए।
सो छलफलमा सिफारिस समिति गठन गर्ने सहमति भएको थियो।























