मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

महानायक राजेश हमाल बाजुरा आउने

उमेश रोकाया
२०८१ चैत्र ९ | मध्यान्ह ०४:१२ बजे

बाजुरा , चैत ०९ । बाजुरामा चैत्र १६ गतेबाट सञ्चालन हुने प्रथम “बडीमालिका,कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव”मा महानायक राजेश हमाल आउने भएका छन्। बडीमालिका सामुदायिक विकास समाज बाजुराकाे आयाेजनामा हुन् लागेकाे बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महाेत्सवमा प्रस्तुति दिन महानायक हमाल बाजुरा आउन लागेका हुन् ।

बडीमालिकाकाे पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले यहि चैत १६ गतेबाट आयाेजना हुन लागेकाे उक्त महाेत्सवमा आमन्त्रित कलाकारका रूपमा महानायक हमाल आउने भएका हुन्। महानायक हमाल बाजुरामा आउने भए पश्चात महाेत्सव निकै रमाइलो बन्ने अपेक्षा गरिएको छ ।

जिल्ला सदरमुकाम मार्तडीको तालिमा आयोजना हुने महोत्सवमा स्थानीय उत्पादन र उद्यमी मेला र कला सँस्कृतिको प्रवद्र्धन र विकास केन्द्रीत प्रस्तुती रहने पत्रकार सम्मेलन मार्फत जनाकारी गराइएको हो । स्थानीय कला सँस्कृतिको प्रवद्र्धन, रैथानी खाद्यन्नको पहिचान र उद्यम उत्पादनको बढवा दिनको लागि महोत्सव गर्न लागिएको आयोजक बडीमालिका सामुदायिक विकास समाजले बताएको छ ।

कमेन्टहरु