देश

लागुऔषध ब्युरोको नियन्त्रणबाट कोरोना संक्रमित अभियुक्त फरार भए

नवलपुर टुडे
२०७७ अशोज ३ | बिहान ०८:०६ बजे

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको नियन्त्रणबाट एकजना कोरोना संक्रमित अभियुक्त भागेका छन् । लागूऔषध सम्बन्धी मुद्दाका प्रतिवादी काभ्रेको नमोबुद्ध नगरपालिकाका रमेश तामाङ फरार भएका जानकारी आएको छ ।

शुक्रबार बिहान पौने २ आइसोलेसन कक्षबाटै फरार भएपछि उनको खोजी थालिएको ब्युरोका एसएसपी दिलिपकुमार चौधरीले बताएका छन । उनीसहित अन्य संक्रमित थुनुवाहरुलाई वसुन्धारास्थित एक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

प्रहरीका अनुसार संक्रमितको सुरक्षा जिम्मेवारी निलम्बित प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई दिइएको थियो ।

शाही लागूऔषध सम्बन्धी घटनामा पक्राउ परेयता निलम्बित थिए । तर, संक्रमण देखिएसँगै अन्य प्रहरी सुरक्षार्थ खटिन डराएपछि शाहीलाई जिम्मेवारी दिइएको स्रोत बताउँछ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट पनि गएराति चार जना थुनुवा फरार भएका हुन् । उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु