देश

चन्द्रागिरी केउरानीको सामुदायिक बनमा भीषण डढेलो

नवलपुर टुडे
२०८१ चैत्र ८ | बिहान ११:१२ बजे

काठमाडौँ । काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा भीषण डढेलो भएको छ । शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि नियन्त्रण बाहिर रहेको प्रहरी अधिकृतहरू बताउँछन् । 

डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्धकवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् ।  ६ स्थानबाट सुरु भएको डढेलो ४ ठाउँमा निभाए पनि दुई ठाउँमा नियन्त्रणमा लिन कठिन  भएको इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्यले जानकारी दिए । 

स्विट्जरल्याण्ड पार्कबाट तल्लो भेगमा फैलिएको डढेलो नियन्त्रणमा लिन सिर्जनाचोकबाट पानीको फोहोरा हान्ने प्रयास भइरहेको छ । आगो तीव्र रूपमा फैलिँदा वन क्षेत्रमा रहेका जैविक सम्पदा, वन्यजन्तु र वनस्पतिहरू जोखिममा परेका छन् । हावा लागेका कारण आगोको फैलावट  बढेको इन्स्पेक्टर आचार्यले जानकारी दिए ।

कमेन्टहरु