मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बडीमालिका केवलकार निर्माण शिर्षक समाचार प्रति त्रिवेणी नगरपालिकाको गम्भिर ध्यानाकर्षण


बाजुरा , चैत ०७ । सुदुरपश्चिमकै आकर्षक गन्तब्य बडीमालिका पुग्न १२ किलोमिटर लामो केवलकार निर्माण शिर्षक समाचारप्रति त्रिवेणी नगरपालिका स्थानीय सरकारको गम्भिर ध्यानाकर्षण भएको छ । BIZNESSNEWS.COM चैत्र ६ गते बुधवारमा प्रकाशीत सुदुरपश्चिमकै आकर्षक गन्तब्य बडीमालिका पुग्न १२ किलोमिटर लामो केवलकार निर्माण शिर्षक समाचारप्रति त्रिवेणी नगरपालिका स्थानीय सरकारको गम्भिर ध्यानाकर्षण भएको छ । पत्रिकामा छापिएको उक्त शिर्षकको समाचार अनुसार ४ अर्ब ३० करोड ४६ लाख ७० हजार लगानीमा बडिमालिका देवीको मूल मन्दिरलाई लक्षित गरी निर्माण गर्न प्रस्तुत योजनाका लागी केवलकार निर्माण व्यवसायि अरुण कुमार सुवेदीको नामै किटान गरी नीजले बडीमालिका प्रा. लि. समेत दर्ता गरिसकेको भन्ने आपत्तीजक लेख प्रति नगरपालिका थप आचार्य चकीत भएको छ ।
देशकै प्रशिद्ध शक्तिपिठका रुपमा पुजीने बडीमालिका देवीको पवित्र स्थल पृथ्वीको भूःस्वर्गका रुपमा परिचित छ । त्रिवेणी नगरपालिकाको वडा नं ९ मा अवस्थित नगरपालिकाको पूर्ण स्वामीत्वमा रहेको बडीमालिका धार्मीक महत्व मात्र नभई साहसीक पदयात्रा, मनोरञ्जन, जैवीक विविधता र दुर्लभ जीव र बहुमूल्य जडीवुटीको समेत खानीको रुपमा चिनिदै आएको छ । यस नगरपालिकाको आर्थिक क्षेत्रको मेरुदण्ड मानिने बडीमालिकाको पर्यटन विकासविना समग्र नगरवासीको विकासको सपना अधुरो हुने भन्नेमा नगरवासी र स्थानीय सरकारको प्रष्ट बुझाई रहदै आएको छ ।
यसको विकासमा सरकार, नीजीक्षेत्र, व्यवसायी र विकास साझेदारहरुको लगानी सहितको सहकार्य गर्नुपर्ने अपरिहार्यतामा समेत कुनै संकोच छैन । यसै सन्दर्भमा नेपालको संविधान २०७२ को अनुसूची ८ को स्थानीय तहको एकल अधिकार सूची अन्तर्गत २१ र २२. अनुसूची ९ अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची ६, ७, १२ र १४ का क्षेत्रहरु बडीमालिकाको समग्र विकास योजना, लगानी, संरक्षण र कानूनी अधिकारका रहेका छन । नेपालको संविधान २०७२ को धारा २२६ अन्तरगत रही नगरसभाले यस क्षेत्रको लगानी र विकासका लागी ठोस कानून वनाउन सक्ने समेत संवैधानिक अधिकार भएको र हाल तिनै तहका सरकार र विकास साझेदारहरुसंग नगरापालिका निरन्तर छलफल र वहमा मा नै केन्द्रित भईरहेको अवस्थामा केवलकारको संरचना निर्माण गर्न प्रा.लि. नै दर्ता गरीएको र लगानी समेतको योजना देखाईएको, स्थानीय सरकारसंगको कुनै सम्पर्क सल्लाह र सहमती विना, कानूनी आधार र प्रमाण प्रस्तुत नगरी अपरिपक्व, समाचार सम्प्रेषण गरि जनतामा भ्रम सृजना गर्ने कार्य भएको छ ।
कुनै सरकार, निकाय, संस्था वा व्यक्ति समेतले यस्तो गैरजिम्मेवार तवरले कुत्सित मनासाय लिई कार्य गर्न पहल पकदमी लिएको हो भने यो धार्मीक सांस्कृति सम्पदामाथि गरिएको अनधिकृत अतिक्रमण मानिने त्रिवेणी नगर कार्यपालिकाको निष्कर्ष सहित वडीमालिकाको ऐतिहासिक, भौगोलीक, साँस्कृतिक तथा विविध पक्षको जानकारी लिई तथ्यका आधारमा पुनः समाचार सम्प्रेषण गर्न नगरकार्यपालिका निर्देशीत गर्दछ। पत्र मार्फत बडिमालिका बृहत पर्यटकीय गुरुयोजना निर्माणमा थप सहयोग र सुझाव प्रस्तुत गर्नका लागी सबै सरोकारवाला पक्षलाई समेत आव्हान गरेको छ ।























