स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिष्ठाको सहयोगमा २५ घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण


लहान । श्रावण ५ मंगलबार एपलो ॐ माध्यमिक विद्यालयका फाउन्डर तथा सामाजिक अभियन्ता महेश चौधरी आज आफ्नै निजी निवास लहान -७ मा २५ जना महिलाहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो ।
स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिष्ठान लहान ७ को सहयोगमा लहान नगरपालिका वडा नम्बर १ , ३ र ४ का २५ जना मरिक घर परिवारलाई १० किलो चामल , १ किलो नुन,१ किलो खाने तेल , र १ पिस साडी वितरण गरेका हुन।
अभियन्ता चौधरी आफ्ना स्वर्गीय श्रीमती संगिता कर्माचार्यको सम्झना र ४५ औं दिनको पुण्यतिथिलाई अवसर पारी खाद्यान्न वितरण गरेका हुन।
अभियन्ता महेश चौधरी समाजमा आफ्ना छुट्टै पहिचान बनाएको देखिन्छ । वहाँले गरिदै आएका कामहरु र सहयोगको भावनालाई चौतर्फी प्रशंसा समेत भइरहेको छ।
खाद्यान्न सामाग्री वितरण र सामाजमा सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको र दिने प्रतिवद्धता दिदै कार्यक्रम सम्पन्न गरेका छन।























